बुटवल । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर १ गुनडाँडा ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सार्कीले सोही ठाउँका ५५ वर्षीय चिनीसरा सार्कीलाई हत्या गरेर फरार भएका थिए ।
हत्या अभियोगमा फरार सार्की भारतमा लुकिछिपी बस्दै आएको र नेपाल फर्कन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाको भन्सार कार्यालय अगाडि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षक(डीएसपी) सुनिल मल्लले बताए ।
सार्कीमाथि मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी कसूरमा पाल्पा जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम ५ दिनको म्याद लिई थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्