जनता टाइम्स

२४ माघ २०८०, बुधबार १४:०८

संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा


काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताउनुभएको हो ।

राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसदले आवश्यकअनुसार कानुन बनाउनुपर्ने उहाँको भनाइ छ । अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उहाँले अब चालु अधिवेशनमा संसदले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।