जनता टाइम्स

११ असार २०८२, बुधबार १५:३७

एमाले अध्यक्ष केपी ओलीले तिर्नुभयो पार्टीको लेवी


ललितपुर, ११ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिर्नुभएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर आर्थिक दायित्व तिर्नुभएको हो ।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाउनुभएको थियो ।