जनता टाइम्स

२७ माघ २०८०, शनिबार १३:२९

एमाले महोत्तरीको अध्यक्षमा बलिराम यादव निर्वाचित


बर्दिवास, २७ माघ । नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित हुनुभएको छ भने सचिव शम्भु ठाकुर, उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित हुनुभएको छ । लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा निर्वाचित हुनुभएको छ ।