सिरहा, २७ माघ । सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षिय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचौकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीको आधारमा दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिनुभयो । दासले गत मंसिर २८ गते १४ वर्षिया बालिकामाथि जवरजस्ती करणी गरेको आरोप लागेको छ ।
प्रहरीले खोजीकै शिलशिलामा बिहिवार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका दासलाइ आवश्यक अनुसन्धानको लागि शुक्रवार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कार्कीले जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्