जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार १६:४४

क्यानडा–११ ले जित्यो नेपाल ए विरुद्धको सिरिज


काठमाडौं, १० फागुन । क्यानडा–११ ले नेपाल ए विरुद्धको सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडा–११ ले सिरिज २(१ ले जितेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा–११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले ४७ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो ।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९–१९ रन बनाएका थिए । क्यानडा–११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २–२ विकेट लिएका थिए । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर सिरिज खेलेको हो ।