जनता टाइम्स

१४ फाल्गुन २०८०, सोमबार १५:३६

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को–को परे ?


काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको छ । फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितीको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको हो ।

क्यानको सेन्ट्रल कन्ट्रयाक अनुसार पुरुष खेलाडीहरुले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

त्यसैगरी महिला क्रिकेटरहरुले ग्रेड ए मा ५० हजार, बी मा ३५ हजार, सी मा ३० हजार, डी मा २५ हजार र इमार्जिंग क्याटोगरिमा २० हजार मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

सेन्ट्रल कन्ट्रयाक पाउने खेलाडीको सूचीः

पुरुष क्रिकेटरः

ग्रेड ए – रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल ।
ग्रेड बी – कुशल मल्ल, गुल्शन झा, भिम सार्की, ललित राजबंशी, आरिफ सेख र अविनाश बोहोरा ।
ग्रेड सी – विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी ।
ग्रेड डी – पवन सराफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ ।
इमर्जिङ क्याटोगरि – दिपेश कँडेल, रुपेस सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ति र हेमन्त धामी ।

महिला क्रिकेटरः

ग्रेड ए – इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर ।
ग्रेड बी – कविता कुँवर ।
ग्रेड सी – पुजा महतो र अश्मिना कर्माचार्य ।
ग्रेड डी – अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल ।
इमर्जिङ क्याटोगरी – सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबी पोदार, सृष्टि जैसी, सम्झना खड्का र सना प्रविन ।