जनता टाइम्स

४ जेष्ठ २०८१, शुक्रबार १५:०९

कांग्रेसले सत्ता गुमाउनु परेको झोक ममाथि पोख्यो : केपी ओली


काठमाडौं, जेठ ४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले उत्ताउलोपनदेखाएको बताउनुभएको

शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले बिहीबार संसदमा भिडन्तभएको नभई कांग्रेले उत्ताउलोपन देखाएको बताउनभयो

भिडन्त भएन कांग्रेसहरूले उत्ताउलोपन देखाएर बसेको ठाउँमा आएर, सत्ता पक्षको रोमा आएर, बसेको ठाउँमा आउने, अनेक अपशब्द बोल्ने, त्यो खालको सभ्य व्यवहार भएन’, ओलीले भन्नुभयो

ओलीले आफू आफ्नो ठाउँमा बसेको बेला कांग्रेसका सांसदहरू उत्ताउलो हुँदै आफ्नो छेउमा आएरजथाभाबी बोलेका ओलीले बताउनुभयो उनीहरूको व्यवहार अशोभनीय भएको ओलीको टिप्पणी

कांग्रेसले सत्ता गुमाउनु परेको झोक आफू माथि पोखेको उहाँले बताउनुभयो सरकाबाट मैलेहटाइदिएको भन्ने आरोप लगाएको होला’, उहाँले भन्नुभयो

बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी आलीलाई कांग्रेसका सांसद धनराज गुरुङलगायतले अभद्र व्यवहारको प्रयास गरेका थिए त्यसलाई एमाले सांसदहरूले रोक्न खोज्दा धकेलाधकेले भएको थियो