जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार ०२:५२

जसपाको अध्यक्षमा उपेन्द्र यादव निर्बिरोध, अन्य पदमा चुनाव


जनकपुर, जेठ ३१ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । लामो समयदेखि जसपाको नेतृत्व गर्दै आउनु भएका यादव पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

जनकपुरधाममा सोमबारदेखि जारी पार्टीको तीन दिने प्रथम एकता महाधिवेशनअन्तर्गत बुधवार भएको उम्मेदवारी दर्तामा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा यादव निर्बिरोध भएपनि अन्य पदमा भने चुनाव हुने भएको छ । पार्टीको सह-अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको छ। यस्तै उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसैगरी महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दिनुभएको छ । जसपाको विधान अनुसार एक जना अध्यक्ष, एक जना सह(अध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था छ। यस्तै २ जना महासचिव र उपमहासचिव तीन जना र त्यसमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ।

यसैगरी सचिव ७ जना हुनेमा दुईजना महिला अनिवार्य हुने र कोषाध्यक्ष एक जना रहने व्यवस्था छ। २० जना केन्द्रीय पदाधिकारी रहने जसपाको केन्द्रीय समिति २०१ सदस्यीय बन्ने छ।