जनता टाइम्स

४ असार २०८२, बुधबार २०:३५

टिकटकर बस्नेतलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, ४ असार । समाजमा दुर्भावना फैलाएको आरोपमा पक्राउ गरिएकी टिकटकर रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थपेको छ । उनलाई गत सोमबार प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । टिकटक लाइभमा सरकारको आलोचना गर्दै आएकी खोटाङ घर भएकी बस्नेतले अमर्यादित र असभ्य अभिव्यक्तिहरु दिएको भन्दै पक्राउ गरिएको हो । उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । उनी रास्वपा समर्थक हुन् । बस्नेतको पक्राउको रास्वपाका नेताहरुले आलोचना गरेका छन् ।