जनकपुर, असार ४ । जनकपुर विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि उड्नै लागेको बिमान अकस्मात रोकिएको छ ।
सोमवार जनकपुरबाट काठमाडौ उडन लागेको बुद्ध एयरको ५०४ जहाज धावनमार्गमा २ सय मिटर जति गुडिसके स्याल देखिएको थियो । त्यसपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार स्याल देखिएपछि उडान सुरक्षा मापदण्ड अनुसार टेकअफ बन्द गरिएको थियो ।
त्यसपछि सुरक्षित रुपमा पुनस् जहाज काठमाडौंका लागि उडेको हो । यो सोमबार बिहान करिब १० बजेको समयमा भएको हो । सो समयमा विमानस्थल प्रमुख भीमदत्त पन्त आफैं एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को ड्युटीमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्