काठमाडौं, साउन ५ । सरकारले निर्माण व्यवसायीहरूको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने जानकारी दिएको छ । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
सरकारले आर्थिक समस्या देखाएर निर्माण ब्यवसायीको भुक्तानी नगर्दा समयमै काम सम्पन्न हुन नसकेको दखि बजारसमेत चलायमान हुन सकेको छैन । निर्माण ब्यवसायीहरुका अनुसार सरकारले दिनुपर्ने भुक्तानी नदिँदा अर्थतन्त्र ठप्प भएको बताउनु भयो ।
ब्यवसायीले ‘राज्यले तिर्नुपर्ने निर्माण ब्यवसायी लगायत अन्य क्षेत्रका जति पनि बक्यौता रकम छन, ती सवैको शतप्रतिशत भुक्तानी तत्काल दिनुपर्ने बताउँदै आएका छन ।
सरकारले दिनुपर्ने बक्यौता रकम नदिएको कारण ठेकेदारहरुले ठेकेदारले पैसा नपाउँदा उनीहरुले तिर्नुपर्ने मान्छेलाई तिर्न सकेको छैन । रङ, डण्डी, सिमेन्ट लगायतका बिभिन्न सामानहरुको पैसा तिर्न सकेका छैनन । जस्को कारण सवै जनाको दिनचर्या नै ठप्प भएर बसेको छ ।
निर्माण ब्यवसायीहरुका यो समस्याको समाधान असार मसान्तसम्म गर्ने मन्त्री महासेठले बताउनु भयो । काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले भन्नुभयो, ‘असार मसान्तसम्म ठेकेदारको भुक्तानी गरिनेछ ।’
यहाँ मैले धेरै सुनेँ, पेमेन्टको बारेमा, जति प्रतिकूल स्थिति भए पनि सरकार सरकार हो। एउटा सरकारको लागि १०-२० अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन । म विश्वास दिलाउँछु, हामी तपाईंहरूको पेमेन्ट असार मसान्तसम्ममा गर्छौं ।
मन्त्री महासेठले निर्माण व्यवसायीहरूको भुक्तानी सरकारले गर्दैन कि भनेर शंका नगर्न आग्रह गर्नुभयो । ‘यहाँ मैले धेरै सुनेँ, पेमेन्टको बारेमा, जति प्रतिकूल स्थिति भए पनि सरकार सरकार हो। एउटा सरकारको लागि १०-२० अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन,’ मन्त्री महासेठले भन्नुभयो ।
निर्माण व्यवसायीलाई दिने भुक्तानीको सवालमा प्रधानमन्त्री, आफू र अर्थमन्त्रीको एउटै मत रहेको पनि मन्त्री महासेठले जानकारी दिनुभयो । ‘म विश्वास दिलाउँछु, हामी तपाईंहरूको पेमेन्ट असार मसान्तसम्ममा गर्छौं,’ मन्त्री महहासेठले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्