गोरखा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री उस्तै पद हो । एउटै मानक हो । उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिवी राई दोषी, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषी महामन्त्री भन्ने आयो । जब पत्रकार हुनुहुन्थ्यो नेता दोषी, जब नेता हुनुहुन्छ पत्रकार दोषी । जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषी ।
काठमाडौं, असार २० । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल पार्टी सभापति रवि लामिछानेविरुद्ध खनिनु भएको छ । सभापति लामिछानेले आफू बदमासी गर्ने तर अरुलाई दोष देखाएर उम्कने गरेको फेहरिस्त सार्वजनिक गर्दै महामन्त्री ढकाल उहाँबिरुद्ध मैदानमा उत्रनुभएको हो ।
लामिछानेले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै ढकाल बुधवार पार्टीको केन्द्रीय समिति बैठक नै छोडेर हिँडनुभएको छ । उहाँ दिनभर मुखमा टेप लगाएर बैठकमा बस्नुभएको थियो । बैठकबाट निस्केर पनि ढकालले मुखमा कालो टेप लगाई राख्नुभयो ।
बैठकबाट निस्केपछि ढकालले सभापति लामिछानेलाई सहकारी ठगीका नायक जीतेन्द्रबाबु राई (जिबी) र गोर्खा मिडियामा भएको बेला गरेको बदमासीको पोल खोल्नुभयो । यस्तै लामिछानेलाई बदमास, अरुमाथि दोष थोपर्न माहिर र असक्षमको उपमा दिनुभयो । उहाँले गृहमन्त्रीका रुपमा रबिले प्रहरीको सरुवा बढुवामा धेरै बदमासी गरेको खुलासा पनि गर्नुभयो ।
‘एउटा कुरा सबैजनालाई म भन्छु, नेपाल सरकारका दुई आइजीपी शसस्त्र र नेपाल प्रहरीको गृहसचिव एकनारायण अर्याल हुनुहुन्छ । उहाँहरुसित रवि लामिछानेको काम गर्ने शैली र चरित्रका बारेमा बुझ्नुपर्यो । एक दिनको लागि एआइजी बढुवा गर्दा आइजीलाई दोष थोपर्नुभएको छ । डिएसपी, एसपी साराको बढुवामा डमी आइजीको रुपमा परिचालन गरेर सबै आफलेू गर्नुभएको छ । बाहिर आइजीलाई दोष दिनुभएको छ,’ महामन्त्री ढकालले भन्नुभयो ।
महामन्त्री ढकालको भनाइ जस्ताको तस्तै
आजको बैठक लाइभ नगर्नका लागि नियोजितरुपमा केन्द्रीय सदस्यहरुको मत लिने काम गरियो । कसको पक्षमा बहुमत र कसको अल्पमत भन्ने कुरा गौण हो । कांग्रेसभभित्र पनि देउवाको विपक्षमा मत नहोला । एमालेमा केपी ओली र माओवादीमा प्रचण्डको विरुद्ध मत नहोला । त्यस्तै रास्वपामा पनि रवि लामिछानेविरुद्ध मत नहोला । मत छैन भन्दैमा प्रचण्ड सही, ओली सही र देउवा सही हुने कुरा म स्वीकार गर्दिन । रास्वपामा मुकुल ढकाल जन्मिएको छ । यो जन्म हरेक पार्टीमा हुनुपर्छ ।
रवि लामिछानेले पनि प्रचण्ड, ओली र देउवाजस्तै प्रवृत्ति देखाउनु हुन्छ भने रवि प्रवृत्तिको विरोध पनि गर्नैपर्छ । त्यो गरेको हुँ । त्यो विरोध मैले उहाँलाई सच्याउन गरेको हुँ । मैले नेताबाट राजनेता बनाउन गरेको हो । त्यसको अनुभूति उहाँले गर्न सक्नुभएन । मेरो साथ र सहयोगलाई आत्मसात गर्न सक्नुभएन । सरकारमा गएपछि पार्टीको इमेज र क्रेज डाउन भएको स्वीकार गरेर अगाडि बढ्नुपर्ने थियो । मन्त्रीहरुले आफ्नो अक्षमताको भारी महामन्त्रीको रुपमा मलाई बोकाउन खोज्नुभएको छ ।
एउटा कुरा सबैजनालाई म भन्छु, नेपाल सरकारका दुई आइजीपी शसस्त्र र नेपाल प्रहरीको गृहसचिव एकनारायण अर्याल हुनुहुन्छ । उहाँहरुसित रवि लामिछानेको काम गर्ने शैली र चरित्रका बारेमा बुझ्नुपर्यो । एक दिनको लागि एआइजी बढुवा गर्दा आइजीलाई दोष थोपर्नुभएको छ । डिएसपी, एसपी साराको बढुवामा डमी आइजीको रुपमा परिचालन गरेर सबै आफलेू गर्नुभएको छ । बाहिर आइजीलाई दोष दिनुभएको छ
गोरखा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री उस्तै पद हो । एउटै मानक हो । उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिवी राई दोषी, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषी महामन्त्री भन्ने आयो । जब पत्रकार हुनुहुन्थ्यो नेता दोषी, जब नेता हुनुहुन्छ पत्रकार दोषी ।
जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषी । आज आफ्नो प्रस्ताव पेश गर्न मलाई रोकियो । त्यसपछि मिडियामा दिन्छु भन्दा हुन्छ भन्नुभयो । पछि त्यसलाई पनि अनुशासनको कारबाही हुने कुरा गर्नुभयो । रास्वपा महामन्त्रीको रुपमा मैले कहाँ गल्ती गरेको छु ? जनताबाट मूल्यांकन होस । आज लाइभको माग गरेको थिएँ । लाइभ भएन । अलिकति ह्यारेसमेन्ट तहमा उहाँ जानुभयो ।
त्यसैले म बैठक छोडेर आएको छु । सबै केन्द्रीय सदस्यको र मेरो पनि ‘लाइ डिटेक्सन टेस्ट’ झूटो पत्ता लगाउने मेसिनबाट जाँच गरौं । मैले सही बोलेको हो कि होइन भन्ने जाँच गरौं । मैले भनेको छु जो जति शक्तिमा छन, त्यति नै जिम्मेवार छन । म मेरो बराबरको जिम्मेवारी लिन तयार छु । अन्तिममा एउटा कुरा भन्छु । मेरो कार्यशैलीको कुरा आयो, बच्पनाको कुरा आयो । उहाँले देश बनाउनु हुन्छ भन्ने सोचेर उहाँको कुराहरु बाहिर नभनेर त्यसैअनुसार आफूलाई प्रेजेन्ट गर्दै आएँ ।
उहाँले विधानमा सभापतिलाई सबैभन्दा शक्तिशाली देखाउनु, कसैले केही भने कारवाही गर्नु भनेपछि यो मान्छेले देश बनाउँछ भन्ने सोचेर ‘गृहमन्त्री भएर देश बनाउने स्थिति नदेखेपछि आलोचनत्मक ढंगले अगाडि बढ्दा जुन व्यवहार ममाथि प्रस्तुत गरियो, त्यो नितान्त गैरजिम्मेवारपूर्ण छ ।
जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषी । आज आफ्नो प्रस्ताव पेश गर्न मलाई रोकियो । त्यसपछि मिडियामा दिन्छु भन्दा हुन्छ भन्नुभयो । पछि त्यसलाई पनि अनुशासनको कारबाही हुने कुरा गर्नुभयो । रास्वपा महामन्त्रीको रुपमा मैले कहाँ गल्ती गरेको छु ? जनताबाट मूल्यांकन होस । आज लाइभको माग गरेको थिएँ । लाइभ भएन । अलिकति ह्यारेसमेन्ट तहमा उहाँ जानुभयो ।
एउटा कुरा सबैजनालाई म भन्छु, नेपाल सरकारका दुई आइजीपी शसस्त्र र नेपाल प्रहरीको गृहसचिव एकनारायण अर्याल हुनुहुन्छ । उहाँहरुसित रवि लामिछानेको काम गर्ने शैली र चरित्रका बारेमा बुझ्नुपर्यो । एक दिनको लागि एआइजी बढुवा गर्दा आइजीलाई दोष थोपर्नुभएको छ । डिएसपी, एसपी साराको बढुवामा डमी आइजीको रुपमा परिचालन गरेर सबै आफलेू गर्नुभएको छ । बाहिर आइजीलाई दोष दिनुभएको छ । आज पनि महामन्त्रीलाई दोषारोपण गरेर आफ्नो असमक्षता ढाकछोप गर्न खोज्नुभयो । त्यो आपत्तिजनक छ ।
उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो । बैठकमा उहाँहरुले मलाई ह्यारेसमेन्ट गर्नुभयो । सभापति र दुई जना उपसभापतिले आजबाट महामन्त्री मान्दैनौं भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रुपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाईंदैन ।
राजनीतिक तरिकाले बुझ्नुपर्छ । एउटा व्यक्ति जसले गलत कुराको विरोध गर्यो, त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ भने अब पार्टी प्रतिपक्ष बन्दैछ, कुन नैतिकताका आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ? मलाई पार्टीको चिन्ता छ ।
प्रतिक्रिया दिनुहोस्