जनता टाइम्स

२० असार २०८१, बिहीबार ११:३९

लोकमान पथमा आयुक्त सुमित्रा : घरमा महानगरको डोजर चलेपछि भ्रष्टाचारमा छानविन भन्दै मेयर चिरिबाबुलाई अख्तियारको पत्र


काठमाडौं, असार २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्य पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीकै बाटोमा लाग्नुभएको छ । आफ्नो बदमासीलाई साथ नदिएपछि अख्तियार दुरुपयोग गरी फसाउन लोकमानक पथमा आयुक्त अमात्य लाग्नुभएको हो ।

ललितपुर महानगरपालिकाले बुधवार अख्तियारकी आयुक्त अमात्यको घरमा डोजर चलाएको थियो । मेयर चिरिबाबु महर्जनकै उपस्थितिमा आयुक्त अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको केही समयपछि नै अख्तियारले आर्थिक अनियमितताबारे सोधपुछ गर्न भन्दै मेयर महर्जनलाई नै पत्र काटेको हो ।

पढनोस अख्तियारको पत्र

बाढी पहिरोबाट पीडितलाई एकलौटी ढंगले आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै सोधपुछको लागि अख्तियारले मेयर महर्जनलाई पत्र पठाएको हो । ललितपुर महानगरपालिका वडा नम्बर–१० चाकुपाटस्थित निवासमा आयुक्त अमात्यकोसम्पदाको जग्गा मिचेर पर्खाल लगाएको कारण भत्काइएको थियो । महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको जनाएको छ ।

आफ्नो घरको पर्खालमा डोजर चलाएको बदला लिन आयुक्त अमात्यले तत्कालै मेयर मर्हजनलाई पत्र काटन लगाइ पठाउनु भएको अख्तियारका एक अधिकारीले जनताटाइम्स डटकमसँग बताए । उनका अनुसार ‘मेरो घरको पर्खालमा डोजर लगाउने ? त्यस्लाई भ्रष्टाचारमा जाकिदिन्छु’ भन्दै आक्रोशित बनेर प्रमुख आयुक्त र अन्य आयुक्तलाई थाहै नदिइ कर्मचारी बोलाएर पत्र काटन लगाउनु भएको हो ।

आयुक्त अमात्यको सोही आदेशका कारण बाढी पहिरोबाट पीडितलाई एकलौटी ढंगले आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेकोले सोधपुछको लागि उपस्थित हुन भन्दै मेयर महर्जनलाई पत्र पठाएको हो ।

मेयर महर्जनविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको अख्तियारको पत्रमा उल्लेख छ ।

मेयर मर्हजनलाई अघिल्लो कार्यकालमा २०७८ असार ३१ गतेको उजुरी अनुसन्धानको क्रममा केही बुझनुपर्ने भन्दै पत्र पठाएको हो । उहाँलाई असार २६ गते सक्कल नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नं ३ मा उपस्थिति भई अनुसन्धान कार्यमा सहयोग गर्न भनिएको छ ।

स्थानीय र गुिठयारको विरोधपछि मिचिएको जग्गामा बनेको अमात्यको निवासको पर्खाल भत्काउन महानगरले आदेश दिएको थियो । उक्त आदेश अटेर गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा सुमित्रा अमात्य र दिवस अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधवार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो ।