जनता टाइम्स

२० असार २०८१, बिहीबार १५:३५

सरकारले खारेज गर्यो २३ निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)


काठमाडौं, असार २० । सरकारले २३ वटा निर्माण ब्यवसायीको लाइसेन्स खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना जारी गरी २३ निर्माण व्यवसायीको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै ०८० चैतमसान्तसम्म निर्माण व्यवसायी इजाजतपत्र नविकरण नगरेकाले स्वतः खारेज भएको जनाएको छ । निर्माण व्यवसाय ऐन २०५५ को दफा ७ को उपदफा ३ बमोजिम २३ वटा निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको सूचनामा उल्लेख छ । सोही ऐनको दफा ७ को उपदफा ३ मा म्यादभित्र नविकरण नभएको इजाजतपत्र स्वतःखारेज हुने उल्लेख छ ।

यसरी लाइसेन्स खारेज गरिएकोमा फ्युचर स्टार कन्स्ट्रक्सन, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर, मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवालगायत २३ वटा निर्माण व्यवसायी कम्पनी रहेका छन ।

निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा २ मा इजाजतपत्रको अवधि समाप्त भएको प्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभत्र तोकिएको बमोजिमको शुल्क तिरेर इजाजतपत्र नविकरण गर्ने ब्यवस्था छ । यस्तै दफा ५ को उपदफा ३ मा म्याद नाघेको ६ महिनाभित्र इजाजतपत्र नवीकरण गराउन चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको थप दस्तु तिरेर इजाजत पत्र नविकरण गर्न सकिन्छ ।

यी हुन खारेज भएका निर्माण कम्पनी