जनता टाइम्स

२१ असार २०८१, शुक्रबार २२:५०

सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयसँगै जसपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


काठमाडौं, असार २१ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

जसपाले आज दिउसो प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेअनुसार साँझ प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यमन्त्री प्रदीप यादवले समर्थन फिर्ता लिएको पत्र बुझाउनु भएकोहो । प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी पत्रमार्फत गराउनु भएको छ ।

साथै जनता समाजवादी पार्टीले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसमेत दिइसकेको छ। अध्यक्ष राईले अबदेखि आफूहरू प्रतिपक्षमा बस्ने जानकारी गराउनु भएको छ ।

जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वनमन्त्री नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान हुनुहुन्थ्यो । पार्टीले समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले पदबाट राजीनामा दिइसक्नु भएको छ ।

गत बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने एमालेका ८ जना मन्त्रीहरूले राजीनामा दिएका थिए।