जनता टाइम्स

३१ असार २०८१, सोमबार ०७:२८

देशका यी स्थानमा आज हुने छ भारी बर्षा


काठमाडौं, असार ३१ । देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाले बताएको छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै आज देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले जनाएको छ ।