जनता टाइम्स

३१ असार २०८१, सोमबार १९:२३

पदबहालीमा अर्थमन्त्री पौडेलको अठोट : सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुन्छौं


काठमाडौं, असार ३२ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सिंहदरवारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको छ । पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुगेर बैकल्पिक बित्तसम्बन्धी कार्यबिधि स्वीकृत गरी कार्यभार सम्हाल्नुभएकोहो । मन्त्रालय पुग्दा उहाँलाइृ सचिवसहितका कर्मचारीले स्वागत गरेका थिए।

कार्यभार सम्हाल्दै मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गर्नुभयो । यो निर्णयसँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ।

अर्थमन्त्री पौडेलले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउनु भयो । ‘अस्‍थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको थियो। नयाँ गठबन्धन आएपछि अब स्थिरता हुनेछ,’ पौडेलले भन्नुभयो । उहाँले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइएको बताउँदै अब भने निरासा चिर्ने र आशा जगाउने काम हुने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा बुझ्नुपर्ने समेत बताउनु भयो । उहाँले पछिल्ला केही दिनमा जनतामा उत्साह देखिएको भन्दै सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

अर्थमन्त्री पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास पनि दिलाउनु भयो । राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने उहाँको भनाई छ ।

राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रसाद अधिकारी र आफ्नो ट्युनिङ मिल्ने उल्लेख गर्दै मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने बताउनु भयो ।

राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन, त्यो ठिकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ । मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ ।

‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन, त्यो ठिकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ,’ अर्थमन्त्रीले भन्नुभयो, ‘मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ ।’

अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिले रुची नभएको पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले आफ्नो कार्यकाल सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने जानकारी पनि दिनुभयो । अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याउँदै उहाँले काममा बिश्वास गर्ने बताउनु भयो ।

अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची हुँदैन, विभिन्न राजनीतिक दलमा आवद्ध हो मिलेर काम गर्न सकिदैन भनेर कर्मचारीहरुको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन्,ु पौडेलले भन्नुभयो, ‘ब्राण्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु ।ु