काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आज बिहान प्रधानमन्त्री ओलीलाई भेट्न अमेरिकी राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुग्नुभएको हो । भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताउनु भएको छ ।
‘हामीले दुई देशबीचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्यौं । अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग काम गर्न तत्पर छ,’ राजदूत थोमसनले लेख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्