जनता टाइम्स

१३ श्रावण २०८१, आईतवार २०:५९

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट


काठमाडौं, १३ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आज शिष्टाचार भेट गर्नुभयो ।

परराष्ट्रमन्त्री डा. राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।