जनता टाइम्स

२४ भाद्र २०८१, सोमबार ०८:३७

कर्मचारीको दादागिरीमाथि सरकारको लगाम, घटाइयो कार्यालयमा खाजा खाने समय


काठमाडौं, भदौ २४। सरकारले कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउने अभियान सुरु गरेको छ । सोही अभियानअनुसार अब सरकारी कार्यालयहरुमा खाजा खाने समय घटाएको छ ।

खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा झारिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

अबदेखि सरकारी कार्यालयमा खाजा खाने समय १ः३० बजेदेखि २ बजेसम्म हुने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । त्यस्तै, उहाँले खाजा खाने क्रममा नियम उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न पनि सवैलाई सूचित गर्नुभएको छ ।

‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।

प्रधानमन्त्रीको भनाई जस्ताको तस्तै

सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।