जनता टाइम्स

१० आश्विन २०८१, बिहीबार १६:४४

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार


काठमाडौं, १० असोज । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । आज नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको कारोबार हुदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ ।