काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरकोम मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो मंगलबार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा थियो ।
युरोपियन युरो भने मंगलबारको तुलनामा आज केही घटेको छ । आज युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा छ । मंगलबार युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा थियो ।
युके पाउण्ड स्ट्रलिङ मंगलबारको तुलनामा आज केही बढेको छ । आज पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा छ । मंगलबार पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ थियो ।
स्वीस फ्रयांक मंगलबारको तुलनामा आज केही घटेको छ । आज स्वीस फ्रयांक एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा छ । मंगलबार स्वीस फ्रयांक एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा थियो ।
अष्ट्रेलियन डलर पनि आज केही घटेको छ । आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा छ । मंगलबार खरिददर ८८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८० पैसा थियो ।
प्रतिक्रिया दिनुहोस्