जनता टाइम्स

१४ जेष्ठ २०८२, बुधबार ०६:४४

गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी


काठमाडौं, १४ जेठ ।  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबार (आज)का लागि पेसी तोकिएको हो । सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त लुइँटेलले जानकारी दिनुभयो ।

रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ । राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् । पौडेल जेठ ६ गते गभर्नर नियुक्त हुनुभएको थियो ।