काठमाडौं, असोज २९ । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन। सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो
आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन। कार्यालय खुले पनि निकै कम संख्यामा मात्रै कर्मचारीहरु कार्यालयमा हाजिर भएका छन । कामलाई कहिल्यै पनि प्राथमिकतामा नराख्नेहरु दशैं मनाउने क्रम नसकिएको भन्दै कार्यालयमा उपस्थित नभएका हुन ।
नेपालमा झण्डै ५० प्रतिशत कर्मचार तलव लिने तर कार्यालयमा काम गर्न नरुचाउने मानसिकतामा रहेको कारण यस्तो दृष्य देखिएको कार्यालयमा उपस्थित हुने कर्मचारीको भनाई छ ।
आज बडादशैंपछिको त्रीयादशी हो । बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ । खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् ।
यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ ।
दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । फर्कनेहरु बढेपछि राजधानी भित्रने मुख्य राजमार्गहरुका सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप निकै बढेको छ ।
प्रतिक्रिया दिनुहोस्