काठमाडौं, कात्तिक १३ । नेपाल पञ्चांग निर्णायक समितिले यस बर्षको तिहारको विभिन्न कर्मका साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार कात्तिक १३ गते मंगलबार अर्थात आज धन्तरेसको मनाइन्छ । यस्तै १४ गते बुधवार कागतिहार, यमदीपदान र धन्वन्तरी जयन्ती, १५ गते बिहीवार कुकुर तिहार, नरकचतुर्दशी, दीपमालिका, लक्ष्मीपूजा रहेको छ ।
यसैगरी कात्तिक १६ गते औंसी, १७ गते गाईगोरुपूजा, बलिपूजा हलितिहार, म्हःपूजा र नेपाल संवत ११४५ को प्रारम्भ रहेको छ । यस्तै कात्तिक १८ गते आइतबार यमद्वितीया, भाइटीका, किजापूजा रहेको छ । समितिले भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ ।
समितिले यस बर्षको छठ पर्व कात्तिक २२ गते परेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्