जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार ०९:०६

नेकपाको निर्देशनअनुसार सांसदबाट राजीनामा नदिने महराको घोषणा, दिए यस्तो कारण


काठमाडौं, ३ असोज– संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताउनुभएको छ ।
आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उहाले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताउनुभएको हो । दुव्र्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो ।

तर, उहाँले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिनुभएको छ । उहाँले राजीनामा नदिँदा संसदमा स्वतन्त्र सांसदका रूपमा रहन सक्छन् । उहाँले आफू नेकपाको नेता नै नभएको भन्दै सो पार्टीको सुझाव किन मान्ने भनेर राजीनामा नदिएको उहाँनिकट नेता बताउँछन् ।

उहाँको भनाइ उद्धृत गर्दै नेकपाका एक नेताले भन्नुभयो , ‘मैले किन राजीनामा दिने ? म अहिले नेकपामा छैन, त्यही भएर सो पार्टीको सुझाव मान्न म बाध्य छैन ।’ राजधानी दैनिकबाट