जनता टाइम्स

५ जेष्ठ २०८२, सोमबार १०:५३

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो


काठमाडौं, ५ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।