दोलखा, कात्तिक २४ । आगामी मंसिर १६ गते हुन लागेको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको उपनिर्वाचनका लागि प्रमुख दलहरुले उम्मेदवार तय गरी घरदैलो अभियान सुरु गरेका छन् ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिदै जाँदा प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीसहित नेकपा एकीकृत समाजवादीले समेत आफ्नै उम्मेदवार उठाएको छ । मुख्य दलहरुले उम्मेदवारको नाम टुंग्याएर घरदैलो अभियानसमेत थालेका हुन ।
चुनावमा नेकपा एमालेले उमा शेर्पालाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहपालिका गौरीशंकरमा एमालेले उमालाई सर्वसम्मत उम्मेदवार बनाएर कात्तिक २० गतेबाटै अभियान अघि बढाएको हो । एमालेले उमा शेर्पालाई उपाध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार बनाएको छ । एमालेले गौरीशंकर–७ मार्वुबाट चुनावी अभियान थालेको हो । यस्तै कांग्रेसले स्वर्गीय तामाङकी पत्नी पासादिकी तामाङलाई उम्मेदवार बनाएर चुनावी अभियान थालेको छ ।
माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाएर चुनावी अभियान थालेको छ । अर्को दल एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाएको छ । गौरीशंकरमा नेकपा एकीकृत समाजवादी निकै कमजोर रहेको छ । मुख्य प्रतिस्पर्धी एमाले, कांग्रेस र माओवादी केन्द्रले शेर्पा समुदायका महिलालाई चुनावी मैदानमा उतारेका छन । यस्तै राप्रपाले मनुकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
चुनावी मैदानमा होमिएका तीनै महिला उम्मेदवार शेर्पा समुदायकै हुनुहुन्छ । गौरीशंकरमा भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म एमालेबाहेक कुनै पनि दल आफ्नो हैसियतमा चुनाव लडेका छैनन । २०७४ र २०७९ मा भएको दवै निर्वाचनमा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए । यसपटक भने आफ्नै उम्मेदवार खडा गरेका हुन । गत २०७९ को निर्वाचनमा एमालेबिरुद्ध सवै दल गठबन्धन गरेर चुनाव लडेका थिए । उपनिर्वाचनमा भने मुख्य दलहरु एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेका छन ।
निर्वाचन आयोगले पुरुष उम्मेदवार बन्न रोक लगाएपछि निमलेकीलाई उम्मेदवार बनाउने निर्णय भए पनि माओवादी नेता बिशाल बस्नेतलाई सघाउने योजनामा रहनुभएको छ । त्यसो भएमा निमलेकीको धरौटीसमेत जफत भइ माओवादी गौरीशंकरबाटै समाप्तीको बाटोमा जाने भन्दै माओवादीका स्थानीय नेता कार्यकर्ता बिद्रोह गरिरहेका छन । तर बस्नेतलाई जसरी पनि उम्मेदवार बनाउने भन्दै तामा तुलसी छोएर कसम खाइसकेको कारण माओवादी नेता बिशाल जसरी पनि निमलेकीलाई डमीमा कायम गर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिन बस्नेतलाई उक्साइरहेका छन ।
२०७९ को निर्वाचनमा गौरीशंकर गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यद्यपी यसपटक पनि माओवादी नेता बिशाल खडका केही समयअघि एमाले त्याग्नुभएका पूर्ववडाअध्यक्ष डिल्लध्विज बस्नेलाई स्वतन्त्र उम्मेदवार उठाएर आफ्नो पार्टीको उम्मेदवारलाई डमी बनाउने योजनामा रहनुभएको छ । खडकाले उपाध्यक्षको उम्मेदवार बनाउने बचन दिएर बस्नेतलाई एमालेपरित्याग गर्न लगाउनु भएको थियो ।
निर्वाचन आयोगले पुरुष उम्मेदवार बन्न रोक लगाएपछि निमलेकीलाई उम्मेदवार बनाउने निर्णय भए पनि माओवादी नेता बिशाल बस्नेतलाई सघाउने योजनामा रहनुभएको छ । त्यसो भएमा निमलेकीको धरौटीसमेत जफत भइ माओवादी गौरीशंकरबाटै समाप्तीको बाटोमा जाने भन्दै माओवादीका स्थानीय नेता कार्यकर्ता बिद्रोह गरिरहेका छन । तर बस्नेतलाई जसरी पनि उम्मेदवार बनाउने भन्दै तामा तुलसी छोएर कसम खाइसकेको कारण माओवादी नेता बिशाल जसरी पनि निमलेकीलाई डमीमा कायम गर्ने भन्दै स्वतन्त्र उम्मेदवारी दिन बस्नेतलाई उक्साइरहेका छन ।
माओवादी नेता बिशालको समर्थनमा पूर्ववडाध्यक्ष बस्नेत स्वतन्त्र उम्मेदवार बनेमा नेकपा एकीकृत समाजवादीकी उम्मेद्वार रबिनालाई फाइदा हुनेछ । बस्नेत उम्मेदवार बन्दा मुख्य प्रतिस्पर्धामा माओवादीकी शेर्पाको ठाउँमा खडका रहने स्थानीय बुद्धिजीविहरु बताउँछन ।
यसरी माओवादीको समर्थनमा बस्नेत उम्मेदवार भएमा एमाले र कांग्रेस उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । ९ वटा वडा र १२ वटा मतदान केन्द्र रहेको गौरीशंकरमा १५ हजार ३४१ मतदाता छन । गौरीशंकरमा मुख्यतया एमाले, कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ । सधै मिलेर एमालेसँग प्रतिस्पर्धा गरेका दलहरु यसपटक एकल खडा भएको कारण बास्तविक हैसियत पनि यस निर्वाचनले देखाउन स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्