जनता टाइम्स

१० जेष्ठ २०८२, शनिबार २२:०९

लिखु तामाकोशी–२ सैपुका विद्यालयहरूको शिक्षा सुधारका लागि १९ बुँदे प्रतिबद्धता 


रामेछाप, १० जेठ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका सबै सामुदायिक विद्यालयले १९ बुँदे प्रतिबद्धता जनाएका छन् ।

शनिबार सैपुमा वडा कार्यालयले आयोजना गरेको वडाका सबै विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको भेलाले सो प्रतिबद्धता जाहेर भएको हो । शैक्षिक सुधारको लागि भएको छलफल पछि १९ बुँदे प्रतिबद्धता जाहेर भएको वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।

सो प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी वडाका ५ वटै विद्यालयलाई हस्तान्तरण गरिएको पौडेलले जानकारी दिनुभयो । बैठकमा हरेक चार महिनामा प्रतिबद्धताको प्रगतिका बारेमा समीक्षा गरी नयाँ योजना बनाउने पौडेलले बताउनुभयो ।

कार्यक्रमको सहजीकरण लिखु तामकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामसिंह डडाल र सुनकोशी गाउँ पालिका सिन्धुलीका शिक्षा अधिकृत सौभाग्य न्यौपानेले गर्नुभएको थियो ।