जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार ००:५६

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन एजेण्डा


काठमाडौं, जेठ ११। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

आइतबार (आज) दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।

सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो ।

यस्तै सचिवालय बैठकमा जनसंगठनको महाधिबेशनका क्रममा देखापरेका अराजकताको विषयमा समेत छलफल हुने जानकारी नेताहरुले दिएका छन ।