जनता टाइम्स

७ मंसिर २०८१, शुक्रबार १४:३८

ओलीको जन्मथलो तेह्रथुममा शिब ढुंगानाले लिए एमालेको नेतृत्व, नेताको नाम बेच्ने टोली पत्तासाफ


निर्वाचनमा नेताको नाम बेच्नेहरु जति सवै पराजीत भएका छन । कार्यकर्ताले इमान्दारीपुवर्क काम गर्ने र नेतृत्वको सम्मान गर्नेलाई जिताएर नेताको नाम बचेर हैकम चलाउन खोज्नेलाई पत्तासाफ बनाएका हुन ।

तेह्रथुम, मंसीर ७ । नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिब ढुंगाना निर्वाचित हुनुभएको छ ।

१२ औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बिहीवार भएको निर्वाचनमा १३२ मतको अन्तरमा ढुंगाना अध्यक्षमा निर्वाचित हुनुभएको हो । ढुंगानाले २३६ मत पाएर जीत निकाल्दा अध्यक्षका प्रत्यासी गोविन्दराज श्रेष्ठले २०४ मत मात्र पाउनु भएको छ । अध्यक्षमा निर्वाचित भएका ढुंगानमा जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुनुहुन्छ ।

उपाध्यक्षमा भने सन्तोष तिगेला सर्वसम्मत हुनुभएको छ । यसैगरी निर्वाचनमा सचिवमा तारा मादेन २२८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रत्यासी छत्रप्रसाद रिमालले २०२ मत पाउनु भएको छ । यस्तै पुरूष उपसचिवमा यादव खापुङ २२० मतसहित निर्वाचित हुनुभएको छ भने प्रत्यासी अर्जुन ढुंगानाले २०८ मत पाउनु भएको छ ।

महिला उपसचिव तारा ढकाल १७५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी सरिता खड्काले १६५ मत पाइ केवल १० मतले पराजीत हुनुभएको छ । उपसचिवमै उम्मेदवार बन्नुभएकी तारा कार्कीले ७८ मत पाउनु भएको छ ।

मंसिर ४ गतदेखि सुरू भएको अधिवेशनले ८९ सदस्यीय कमिटी निर्वाचित गरेको छ । निर्वाचनमा पदाधिकारीमा एक पद सर्वसम्मत भए पनि बाँकी पदमा समुहगत निर्वाचन भएको छ ।

निर्वाचनमा नेताको नाम बेच्नेहरु जति सवै पराजीत भएका छन । प्रतिनिधिले पार्टी काम गर्ने र नेतृत्वको सम्मान गर्नेलाई जिताएर नेताको नाम बचेर आफ्नो जिबिका चलाउन खोज्ने प्रबृत्तिबिरुद्ध उभिएका हुन ।