काठमाडौं, १० जेठ । वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
कान्तिलोकपथको बागमती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्