काठमाडौं, १० जेठ। अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।महाशाखाका अनुसार अहिले बागमती प्रदेशको केही ठाउँमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै आज दिउँसो सातै प्रदेशका केही ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ ।
सातै प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस्