जनता टाइम्स

५ माघ २०८१, शनिबार १६:२७

प्रचण्ड नेतृत्वको विपक्षी मोर्चाप्रति सूर्य थापाको कठोर टिप्पणी


काठमाडौं, माघ ५। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अराजकताको खेती फैलाउने खेलप्रति नेकपा एमालेका सांसद सूर्य थापाले कडा जवाफ दिनुभएको छ ।

थापाले विपक्षी दलको मोर्चाबन्दीलाई राजतन्त्रको पुर्नस्थापनादेखि सहकारी ठगी गर्न पाउनै पर्नेसम्म एकैठाउँमा भएको भन्दै कडा दनक दिनुभएको हो । माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, आजपा, जनमोर्चा र नेसपाले सरकारविरुद्ध मोर्चाबन्दी गरेपछि सांसद थापाले यस्तो टिप्पणी गरेका हुन ।

‘२७५ सदस्यीय प्रतिनिधिसभामा, ८१ सदस्यीय मोर्चाबन्दी। राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेण्डा (बिना चिल्लाको च्वाईच्वाईं),’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका थापाले उहिले प्रतिगमनको खतरा भयो, अहिले प्रतिगमन अँगालोमा आएको टिप्पणी समेत गर्नुभएको छ ।