रुपन्देही, ७ असार ।रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ ।
शनिबार दिउँसो मायादेवी गाउँपालिका–७, गरगट्टी चम्रौटी टोलको मोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलनजिकै ज्यान गएको हो । मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका–५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुर रहेका छन् ।
बनगाईबाट मर्चवारतर्फ गइरहेको लु २ ख २०७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका खान र ठाकुरलाई तत्कालै भैरहवा स्थित भीम अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार दुर्घटना गराउने टिपर चालक जगदीश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्