जनता टाइम्स

८ फाल्गुन २०८१, बिहीबार १९:३५

२०८२ सालको सार्वजनिक बिदा स्वीकृतीदेखि नियुक्तिसम्मका यस्ता छन मन्त्रिपरिषदका १३ निर्णय (सूचीसहित)


काठमाडौं, फागुन ९ । सरकारले मन्त्री आगामी बर्षको सार्वजनिक बिदा स्वीकृत, कार्यालय समय निर्धारणदेखि बिभिन्न नियुक्ति र उच्चस्तरीय कार्यदल गठनसम्मका १३ वटा निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद बैठकले बिक्रम सम्वत २०८२ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक बर्षभरी दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्नुका साथै सोको सूचना राजपत्रमा प्रकाशन गर्नेसहितका १३ वटा निर्णय गरेको छ ।

नेपाल खानेपानी संस्थानको महाप्रवन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । गारेखा निवासी ढकाललाई महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय बैठकले गरेको हो । यस्तै बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रबिन्द्र केसीको राजिनामा स्वीकृत गरेको छ ।

मन्त्री गुरुङका मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुझाव आयोग, २०८१ र एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्न्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुणामणी शर्माको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

उच्चस्तरीय कार्यदलको सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा रहनुभएको छ । यस्तै सदस्य सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव रहनुभएको छ ।