जनता टाइम्स

१२ फाल्गुन २०८१, सोमबार २०:२६

यूएसएआईडीको स्रोतमार्फत सरकारले सञ्चालन गरेका ४ वटा कार्यक्रम तत्कालका लागि प्रभावित


काठमाडौं, १२ फागुन । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० को स्रोतमार्फत सरकारले सञ्चालन गरेका चार वटा कार्यक्रम तत्कालका लागि प्रभावित भएका छन् ।

अर्थ मन्त्रालयले आज विज्ञप्ति निकालेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा जारी गर्नुभएको कार्यकारी आदेशबाट अमेरिकी सहयोग नियोगमार्फतका चार वटा कार्यक्रम ९० दिनका लागि स्थगित भएका जानकारी गराएको हो । शिक्षा, स्वास्थ्य, कृषि र तथ्याङ्कसँग सम्बन्धित चार वटा कार्यक्रम स्थगित भएका हुन् ।

जैविक विविधता, प्रदेश एवम् स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम पनि रोकिएका तर यी कार्यक्रम डिजाइनकै क्रममा रहेकाले बजेट आइनसकेको विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाललगायत केही देशमा यूएसएआईडीले गरेका लगानीलाई ठगी भएको बताउनुभएको थियो । ट्रम्पले उल्लेख गर्नुभएको नेपालको जैविक विविधतासम्बन्धी कार्यक्रम र वित्तीय सङ्घीयतासम्बन्धी कार्यक्रम आइनसकेको अर्थ मन्त्रालयले जनाएको छ ।