जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार ०८:४३

आज भाइटिका लगाउँदै नेवार समुदाय, यस्तो छ पात्रो बहिस्कार गरी आज भाइटिका लगाउनुको कारण


काठमडौं, कात्तिक १३ । उपत्यकाका नेवार समुदायले आज भाइटीका लगाउँदैछन । पञ्चांग निर्णायक समितिको पात्रो बहिस्कार गर्दै हिजो भाइटिका नलगाएका नेवार समुदायले आज भाइटीका लगाउन लागेका हुन ।

मंगलबार नेपाल सम्वको नयाँ वर्ष र म्हः पूजा गरेरका नेवार समुदायले आज भाइटीका लगाउन निर्णय यसअघि नै गरिसकेका छन । म्हः पुजा र भाइटीका एकै दिन गर्न नमिल्ने भएकाले नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने बताइएको छ ।

नेवार समुदायमा भाइटीकालाई किजा पुजा पनि भनिन्छ । सरकारले किजा पुजाको अवसरमा आज सार्वजनिक विदा दिएको छ। नेवार समुदायका केही ब्यक्तिहरुले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् ।