काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको रावाबेँसी गाउँपालिका कार्यसमितिका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले रावाबेँसी गाउँपालिका कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा पाण्डे एमालेमा प्रवेश गर्नुभएको हो ।
पाण्डेलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई, रावाबेँसी गाउँपालिका पूर्व अध्यक्ष लीलानाथ निरौला र गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङ लगायतले पार्टीमा स्वागत गर्नुभयो । भट्टराईले पाण्डेलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउनुभयो ।
एमाले नै देशको प्रमुख शक्ति भएकाले रास्वपा परित्याग गरी एमालेमा प्रवेश गरेको पाण्डेले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरण मुछिएर जेल चलान भएको बताउँदै उहाँले राजनीतिमा अपरिपक्व रहेकोले मुलुकको नेतृत्व गर्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्