जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १५:४३

सरकारलाई सांसद सुनारको चुनौती– ‘हिम्मत भए द ग्रे जोनका सम्पादकलाई पक्राउ गर’


काठमाडौं, असोज ८ । सांसद भुवनबहादुर सुनारले सरकारलाई ‘द ग्रे जोन’ पत्रिकाका सम्पादकलाई पक्राउ गरेर देखाउन चुनौती दिनुभएको छ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद सुनारले कुनै सामग्रीका आधारमा विचार राख्ने व्यक्तिलाई पक्राउ गरेर सरकार अलोकतान्त्रिक बाटोमा जान नहुने बताउनुभयो।

उहाँले स्वतन्त्र राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्ने विषयतर्फ संकेत गर्दै सरकारले द ग्रे जोनका सम्पादकलाई पक्राउ गर्नुपर्ने चुनौती दिनुभएको हो।

“वालेन्द्र सरकारको हिम्मत छ भने ग्रे जोन पत्रिकाको सम्पादकलाई पक्राउ गर्नेतिर लाग, स्वतन्त्र राजनीतिक विश्लेषक भरत दाहाललाई होइन,” उहाँले भन्नुभयो।

सुनारले सरकार अलोकतान्त्रिक बाटोतर्फ जान खोजेको हो कि भन्ने प्रश्न गर्दै सचेत रहन आग्रह गर्नुभयो। जनताको आवाज विद्रोहमा परिणत हुन सक्ने उहाँले चेतावनीसमेत दिनुभयो।