काठमाडौं, असोज ८ । नेकपा एमालेले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
पार्टी विधानमा रहेको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्थाअनुसार केन्द्रीय सदस्य मनोनीत गरिएको एमालेले जनाएको छ।
यसअघि एमालेले स्थायी कमिटीमा पनि ७ जना मनोनीत गरेको थियो। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाइएको छ।
मनोनीत केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ गुरुङ, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाङ्फे, जानुका सिंखडा, बिना बास्तोला, कौशिला खत्री र सुरेन्द्र उदास हुनुहुन्छ।
त्यस्तै, अन्य पार्टीबाट एमालेमा आएका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोदे, धर्मराज निरौला, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विस्टलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।
मनोनीत केन्द्रीय सदस्यहरूको नामावली :
१. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. हरि रिजाल
४. पासाङ शेर्पा
५. नरेन्द्र भट्टराई
६. नाथुराम देवकोटा
७. धर्म गिरी
८. नारायण घर्ती
९. विद्यासुन्दर शाक्य
१०. पाल्देन छोपाङ गुरुङ
११. शान्तिलाल महत
१२. विनोद पाण्डे
१३. प्रेम दङ्गाल
१४. पुष्पराज श्रेष्ठ
१५. विमला घिमिरे
१६. शिवमाया तुम्बाहाङ्फे
१७. जानुका सिंखडा
१८. बिना बास्तोला
१९. कौशिला खत्री
२०. सुरेन्द्र उदास
अन्य पार्टीबाट आएका :
२१. मोहम्मद इस्तियाक राई
२२. प्रदीप यादव
२३. अब्दुल हुसेन
२४. डिबी कार्की
२५. भवानी खापुङ
२६. दीपक साउद
२७. जय गोदे
२८. धर्मराज निरौला
२९. ददी चाम्लिङ
३०. विनोद पहाडी
३१. रामप्रित पासवान
३२. ध्रुव विस्ट












प्रतिक्रिया दिनुहोस्