जनता टाइम्स

२ बैशाख २०८२, मंगलवार १५:४२

यस्तो छ ओली-देउवा भेटवार्ताको निष्कर्ष


काठमाडौं, वैशाख २ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवासबालुवाटरमा आज भएको भेटका क्रममा अराजकता नियन्त्रण र सरकारलाईकसरी थप बलियो बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीकाप्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले नया बर्षसंगै सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेलासत्तारुढ दलका दुई प्रमुख नेता ओलीदेउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीको सचिवालय बालुवाटरले भने नियमित छलफल भएको बताएको छ ।

‘नियमित भेटघाट हो, सरकार सञ्चालन र आगामी दिनमा गर्ने कामका विषयमा कुराकानी भयो। त्यसका लागि भोलि संयन्त्रको बैठक छ,’ भेटबारे बजगाईले भन्नुभयो, ‘संयुक्त सरकारका दुई नेताबीचको भेटघाट हुनु स्वभाविक नै हो। उहाँहरूबीचकरिव एक घण्टा चलेको छलफलमा सरकारलाई कसरी थप प्रभावकारी बनाउनेभन्ने विषयमा छलफल भएको  ।’

भेटवार्तामा प्रचण्डले पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अराजकता मच्चाउने योजनाको छटपटी उजागर भएको निष्कर्ष निकालेको छ । चितवनमापत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रम विकसित भएको आफूलेनयाँ अनुभवका आधारमा यो कुरा गरेको दाबी गर्नुभएको थियो ।

सत्तागठबन्धनभित्र संशय उब्जिने बोलीव्यवहार सार्वजनिक भइरहेका बेलाप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सत्तासाझेदार आज कांग्रेस सभापतिदेउवासँग लामो छलफल गर्नुभएको हो ।करिब एक घन्टा दुई नेताबीच भएकोछलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरुप कार्यशैली नभइरहेको भनीआएका टिप्पणीबारे कुराकानी भएको छ।

बालुवाटार स्रोतका अनुसार गठबनधनको औचित्य अवधिलाई लिएर दुई शीर्षनेताबीच कुनै पनि अन्यौल छैन उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केहीसदस्यले कांग्रेसएमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको कारण ओली देउवाले आपसी समझदारी बढाउन छलफल गर्नुभएको दुवै नेता निकट स्रोतको भनाई छ ।

संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रहगरिने नेताहरूले जानकारी दिनुभएको छ । हाल कांग्रेस उपसभापति पूर्णबहादुरखड्का संयन्त्रको संयोजक हनुभएको छ