काठमाडौं, वैशाख २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन हुने हल्ला आजबाट सकिएको बताउनु भएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताप्रति इंगित गर्दै महासचिव पोखरेलले नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजदेखि अन्त्य भएको बताउनुभएको हो ।
महासचिव पोखरेलले लेख्नुभएको छ, ‘नयाँ वर्ष आरम्भसँगै सरकार परिवर्तन हुने हल्ला आजबाट अन्त्य भएको छ । अब पुनः नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी बनौँ ।’ उहाँले अब नीति, कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा छलफलमा सहभागी हुनुपर्ने पनि बताउनुभएको छ ।
वर्तमान गठबन्धन सरकारमा ‘समस्या’ आएको चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसबारे आशंका मेटाउने प्रयास भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भएको छलफलमा गठबन्धनभित्र देखिएका समस्याको समाधान र आशंका मेटाउनेबारे गम्भीर गृहकार्य गर्ने निधो भएको छ ।
प्रतिक्रिया दिनुहोस्