जनता टाइम्स

३ बैशाख २०८२, बुधबार १३:०६

जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन


बेइजिङ । चीनले विश्वको सबैभन्दा अग्लो पुल सञ्चालनमा ल्याउँदैछ । दक्षिण पश्चिम चीनको गुइजोउमा बनिरहेको हुआजियाङ ग्र्यान्ड क्यान्योन ब्रिज जुनदेखि सञ्चालमा आउँदैछ । यो पुल नदीको सतहदेखि २ हजार ५१ फिट माथि छ । अहिले विश्वको सबैभन्दा अग्लो पुलको रुपमा रहेको फ्रान्सको मिलाउ भियाडक्टमा रहेको पुलको  तुलनामा यो पुल ९४७ फिट अग्लो छ । यो पुल हुआजियाङ ग्र्यान्ड क्यान्योनमाथि बनेको छ । यो स्टिलबाट बनेको ट्रस सस्पेन्स पुल हो ।

यसको कूल लम्बाई ९ हजार ४२८ फिट रहेको छ । यो पुल बनाउने काम २०२२ को जनवरी १८ मा सुुरु भएको थियो । पुल यही जुन ३० सम्म पूरै बन्ने आशा गरिएको भन्दै स्थानीय पत्रिकाले समाचार छापेका छन् । यो पुलको तौल झन्डै २२ हजार टन छ । यो भनेको तीनवटा आइफिल टावर बराबर हो । पुलको निर्माण कार्य लगभग ९५ प्रतिशत सकिसकेको छ ।  यो पुल गुइझोउको ठूलो पर्यटकीय गन्तव्य बन्ने आशा गरिएको छ । पुल गुइझोउमै छन् । यसअघि चीनले २०१६ मा आफ्नो देशको सबैभन्दा अग्लो पुल बनाएको थियो । यो पुलको उचाई १८५४ फिट थियो ।