जनता टाइम्स

६ बैशाख २०८२, शनिबार १९:२०

गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच सहमति


काठमाडौं, ६ बैशाख ।  गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलका नेताहरूबीच सहमति भएको छ । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच शनिबार अपरान्ह साँझ भेट भएको थियो । करिब डेढ घण्टा चलेको भेटवार्तामा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी हुनुभएको थियो । संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको खरेलले बताउनुभयो । साथै, उहँले समसामयिक राजनीतिक विषयमा विविध छलफल भएको समेत बताउनुभयो । बैठकमा संक्रमणकाली न्यायसम्बन्धी पछिल्लो गृहकार्यबारे नेताहरूलाई जानकारी गराउने काम भएको उहाँले बताउनुभयो ।