जनता टाइम्स

५ बैशाख २०८२, शुक्रबार ०७:१७

सुडानको अर्धसैनिक र सेनाबीच अल–फासेरमा झडप, ५७ जना नागरिकको ज्यान गयो


काठमाडौ, ५ वैशाख । सुडानका अर्धसैनिक र नियमित सेनाबीच भएको झडपमा अल–फासेरको डार्फर शहरमा ५७ जना नागरिकको ज्यान गएको छ ।

सेनासँगको युद्धमा अर्धसैनिक र्‍यापिड फोर्सेस ९आरएसएफ० ले सेनाले नियन्त्रणमा लिएको डार्फर शहरमा गरेको झडप र गोलाबारीमा नागरिकहरू मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरी डार्फरको राजधानी एल–फासेर र नजिकैको विस्थापन शिविरहरूमा आरएसएफले गरेको आक्रमणमा केही दिन अघि मात्र चार सयभन्दा बढीको ज्यान गएको थियो ।

आरएसएफ र सेनाबीच सन् २०२३ देखिको युद्धमा परेर सुडानमा नागरिकले ज्यान गुमाउने क्रम बढ्दो छ ।

सेनाको नियन्त्रणमा रहेको डार्फरका विभिन्न शहर आफ्नो घेराबन्दीमा पार्न आरएसएफले एक वर्षभन्दा लामो समयदेखि प्रयास गरिरहेको छ ।

गएको महिना सेनाले राजधानी खार्तुमलाई पुन कब्जा गरेपछि आरएसएफले डार्फर शहरमा आक्रमण बढाएको छ । यो युद्धले दशौं हजारको ज्यान लिएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् ।