काठमाडौं, १२ बैशाख । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ ।
दुई सय ६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर एक सय ९४ रन मात्रै बनाएपछि बेङ्गलुरु ११ रनले विजयी भएको हो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलुरुले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो ।
बेङ्गलुरु नौ खेलमा १२ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान नौ खेलमा ४ अङ्क मात्र जोडेको राजस्थान तालिकाको आठौं स्थानमा छ ।
१० टोली सहभागी आईपीएलमा गुजरात टाइटन्स आठ खेलमा १२ अङ्कसहित पहिलो र समान आठ खेलमा १२ अङ्कसहित रनरेटका आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ ।
आईपीएलअन्तर्गत आज बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस्