जनता टाइम्स

२२ बैशाख २०८२, सोमबार १४:३७

प्रधानमन्त्रीको प्रस्तावलगत्तै संसदमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु


काठमाडौं, बैशाख २२ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । गत शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको सरकारको आगामी बर्षको नीति तथा कार्यक्रममाथि संसदमा सोमवारबाट छलफल अघि बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले यही वैशाख १९ गते दुवै सदनको संयुुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्ताव पारित भई सदनमा छलफल अघि बढेको हो ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय