जनता टाइम्स

२ जेष्ठ २०८२, शुक्रबार १०:२५

केपी ओलीको जन्मघरमा राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको अधिवेशन, अध्यक्षमा अनिल नेपाल निर्वाचित 


काठमाडौं, २ जेठ। राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

युवा, विद्यार्थी दिवसको अवसर पारेर संगठनको ११ औँ जिल्ला अधिवेशन राष्ट्रिय युवा संघ नेपालका संस्थापक नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीकै जन्मघरमा सम्पन्न भएको हो ।

अधिवेशनबाट अनिल नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा मण्डेला चोम्बाङ र सचिवमा भरत कार्की निर्वाचित हुनुभएको छ ।

यसै गरी उप–सचिवहरू यादव खापुङ र विजय सिङक निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा सुनिता गुरुङ चुनिनु भएको छ । त्यस्तै युवा विज्ञ परिषद् प्रमुखमा जीवनकाजी थापा निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेबेले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।